आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज सामाजिक प्रसिद्धि प्राप्त हुनेछ । वाक्पटुता द्वारा आफ्नो काम सफल बनाउन सकिनेछ । बहुप्रतीक्षित इच्छा र उद्देश्य सफल हुनसक्छन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज आफन्तसंग भेटघाट र मित्रहरुबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज विद्या र नयाँ ज्ञान बढ्नेछ । सामाजिक र धार्मिक कार्यमा खर्च बढ्न सक्छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ कामको थालानी या योजना बन्ला । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोकिएको धन र व्यापार,व्यवसायमा लाभ मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । नयाँ पद र प्रतिष्ठा पाईने संभावना छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज मनमा सात्विक बिचारहरू र अनुहारमा चमक आउनेछ । शुभ समाचार सुन्न पाइएला । सामाजिक क्षेत्रमा सफलता पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट विश्वासघात होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज दाजु भाईबाट सहयोग र ससुराली पक्षसंग सम्बन्ध राम्रो बन्नेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । आफन्त संग भेट घाट हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अग्रजको सहयोगले कार्य सम्पादन हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज लगानीमा रहेको रकम फिर्ता आउनसक्छ । शत्रु र विपक्षी पराजित हुन सक्छन् । विपवरित वर्गको भेट र साथ मिल्ने राम्रो योग छ ।