नेकपा निकट युवा संगठन नेपालको संगठन विस्तार

नेकपा निकट युवा संगठन नेपालको संगठन विस्तार

धनगढी । कैलालीमा नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालको संगठन विस्तार अभियानलाई तिव्रता दिइएको छ। संगठन विस्तार अभियान अन्तर्गत सोमबार जिल्लाको गौरीगंगा नगरपालिकामा नगर कमिटि गठन गरिएको हो । सोमबार गठन गरिएको कमिटिको अध्यक्षमा प्रकाश, सचिवमा नवीन सापकोटा र सहसचिवमा रामजित चौधरी चयन भएका छन् ।

त्यसैगरी सदस्यमा वाशुदेव, कृसन, विवश, नवीन, भरत, निरप, प्रेम, कमल, हिक्मत, खगेन्द्र, चन्द्र लगायत १७ सदस्यीय कमिटि गठन गरिएको बताइएको छ । एक औपचारिक कार्यक्रमकाबीच सो कमिटि गठन गरिएको थियो ।

कार्यक्रममा युवा संगठन नेपाल कैलाली जिल्ला संयोजक पुष्प भट्ट (ओम)को प्रमुख आतिथ्य, नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला सचिवालय सदस्य प्रकाश रावलको विशिष्ट आतिथ्य रहेको जनाइएको छ ।