कञ्चनपुरमा २२ वर्षीया विवाहित युवती मृत फेला, श्रीमान अनुसन्धानको दायरामा

कञ्चनपुरमा २२ वर्षीया विवाहित युवती मृत फेला, श्रीमान अनुसन्धानको दायरामा

कञ्चनपु । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीमा विवाहित युवती मृत अवस्थामा फेला परेकी छन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले अवस्थी बुधबार घरको आगनमा रहेको आँपको रुखमा  २२ वर्षीया जयन्ती अवस्थी झुण्डिएको अवस्थामा मृत भेटिएको जनकारी दिए । 

उनकाअनुसार मृतक अवस्थीले २२ वर्षीय प्रकाश अवस्थीसँग गत मंसिरमा मात्र विवाह गरेकी थिइन्। घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान प्रकाशलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए। शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।