सहकारी मार्फत सामुहिक आलु खेतीमा विपन्न र मुक्त कमैया परिवार

सहकारी मार्फत सामुहिक आलु खेतीमा विपन्न र मुक्त कमैया परिवार

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका, ३ विशालनगरका विपन्न परिवार सहकारी मार्फत सामुहिक आलु खेती गर्न थालेका छन । 

दुई वटा सहकारी मार्फत उक्त वडाका २७ विपन्न र मुक्त कमैया परिवार सामुहिक आलु खेतीमा लागेका हुन । 

मोहना व्यवसायीक तरकारी उत्पादन कृषक समुह र आशिष कृषक महिला समुहमा आवद्ध विपन्न र मुक्त कमैया २७ परिवार विभिन्न स्थानमा रहेका बाँझो जग्गा भाडामा लिएर १३ विघामा आलु खेती गरिरहेका छन । जसवापत उनीहरुले एक विघाको ३० हजार भाडा तिर्दै आएका छन । 
कुल लागतको ४५ प्रतिशत खर्च साना तथा मझौला आयस्तर बृदि परियोजनाले सहयोग गरिरहेको छ भने बाकी ५५ प्रतिशत खर्चका लागि उनीहरुले ऋण लिएका छन ।उनीहरु मिलेर नै आलु खेती लगाउनेदेखि गोडमेल गर्ने र विक्रि वितरण गर्ने गरेका छन । 

७ विघा जग्गामा आलु खेती गर्दै आएको मोहना व्यवसायीक तरकारी उत्पादन कृषक समुहका सदस्य विन्तिराम चौधरीले एक कट्टा बाट ५ क्विन्टल भन्दा बढी आलु उत्पादन गर्ने लक्ष्य राखेको बताए । 

व्यक्तिगत लगानीमा आलु खेती गर्न समस्या भएका कारण सहकारी मार्फत सामुहिक आलु खेती गरेर जीवनस्तर उकास्ने प्रयासमा लागेको आशिष कृषक महिला समुहकी अध्यक्ष कलावती बताईन् ।

ब्यवसायीक रुपमा आलु खेती शुरु गरेपनि मलको समस्या धेरै भोगेको अनुभव उनीहरुकोे छ । सिंचाईको व्यवस्थापन तथा अन्य आवश्यक कामहरु जसोतसो गरे पनि मल समयमै नपाउँदा आलु रोप्ने वेला निकै समस्या भएको उनिहरुको गुनासो छ । 

आलु खेतीलाई थप प्रभावकारी बनाउन प्र्राविधीक ज्ञान तथा मल वीउको ब्यवस्था हुनपर्ने आशिष कृषक महिला समुहकी अध्यक्ष चन्दले बताईन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर ऐरले आलु उत्पादक कृषक समुहका लागि सक्दो पहल गरिरहेको बताए । 

उनले उहाँले यस बर्ष केहि वीउ विजनमा सहयोग गरेको र सिचाई सुविधा र मल खादका लागि प्रदेश सरकारसंग पहल भईरहेको जानकारी दिए । 

कैलालीको गौरीफन्टा भन्सार नाका भएर गएको बर्ष २६ करोड वढीको आलु नेपाल भित्रिएको तथ्याङ छ । त्यसैले यसलाई नियन्त्रण गर्न स्थानीय स्तरमा गरिदै आएको आलु खेतीका लागि अनुदान, सहयोग र प्राविधिक सल्लाह दिन आवश्यक रहेको जानकारहरु बताउछन ।