५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा धनगढीमा प्रभात फेरी

५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा धनगढीमा प्रभात फेरी

धनगढी । धनगढीमा ५६ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस मनाइँदै छ ।

जातिवाद विरुद्ध युवा, जातीय हिंसा र छुवाछूत विरुद्ध हामी भन्ने नाराका साथ विभिन्न १६ वटा सङ्घ संस्थाहरूले आइतबार बिहान प्रभात फेरीको आयोजना गरेका छन् ।

धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको प्रभात फेरी सामाजिक विकास मन्त्रालयमा गएर कोष सभामा परिणत हुने छ । मन्त्रालयमा उन्मुलन दिवसको असरमा समेत कार्यक्रम राखिएको छ ।