उपराष्ट्रपति पुनलाई दिइयो राष्ट्रपतिबाट गरिने कार्यसम्पादनको जिम्मेवारी

उपराष्ट्रपति पुनलाई दिइयो राष्ट्रपतिबाट गरिने कार्यसम्पादनको जिम्मेवारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि बंगलादेश तर्फ प्रस्थान गरेकी छन्। बंगलादेशका राष्ट्रपति मोहम्मद अबदुल हमिदको निमन्त्रणमा चैत ९ र १० गते दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन्।

राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेसँगै राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दकिशोर पुनबाट सम्पादन हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले एक वक्तव्य जारी गर्दै राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले जिम्मेवारी सम्हाल्ने जनाएको हो।

'सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू मित्रराष्ट्र जनवादी गणतन्त्र बंगलादेशका महामहिम राष्ट्रपति मो. अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा सम्वत् २०७७ साल चैत्र ९ गते सोमबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनबादी गणतन्त्र बंगलादेशतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिज्यूबाट सम्पादन हुने व्यहोरा जानकारीको लागि अनुरोध छ,' राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।