प्रचण्डले लेखेको १९ बुँदे पत्र र प्रचण्डले नै दिएको अभिव्यक्तिको जवाफ माधव नेपालसँग मागियो

प्रचण्डले लेखेको १९ बुँदे पत्र र प्रचण्डले नै दिएको अभिव्यक्तिको जवाफ माधव नेपालसँग मागियो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतियार बनेको आरोप लगाउँदै नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहितका चार नेतालाई स्पष्टीकरण सोधेको छ । पार्टी केन्द्रीय कार्यालयका तर्फबाट सोमबार चारै नेतालाई पठाइएको छुट्टाछुट्टै पत्रमा तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिँदै जवाफ नआए विधानबमोजिम कारबाही गर्ने उल्लेख छ ।

 पार्टी महासचिव ईश्वर पोखरेलको नाममा पठाइएको स्पष्टीकरण पत्रको पहिलो बुँदा नै विघटित नेकपामा छँदा सचिवालयमा आएको दरारबारे उल्लेख छ । ‘तपाईंले साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वरिष्ठ नेता÷स्थायी कमिटी सदस्यको जिम्मेवारीमा रहँदाको अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा १९ पृष्ठ लामो अराजनीतिक, तथ्यहीन र शत्रुतापूर्ण आरोप तयार गर्न, पार्टी विधानको व्यवस्थाविपरीत छापामार शैलीमा तत्कालीन पार्टी सचिवालयमा प्रस्तुत गर्न र त्यसलाई पार्टीको नाम, झन्डा र लोगोसमेतको अनधिकृत रूपमा प्रयोग गरी पुस्तकाकारमा प्रकाशित गररे वितरण गर्नमा अग्रसर भई पुष्पकमल दाहालको मतियारसमेत भई पार्टी हितविपरीत कार्य गरेको र गराउनुपर्नाको कारण के हो ?’

कान्तिपुर दैनिक लेख्छ– नेकपा हुँदा पुष्पकमल दाहालले लेखेको १९ बुँदे पत्र र माओवादी केन्द्रका अध्यक्ष भइसकेपछि दाहालले नै बुटवलमा गरेको भाषणको जवाफ माधव नेपालसित मागिएको छ ।