कञ्चनपुरको बेलौरी नगरपालिकाको छैठौँ नगर सभा सम्पन्न

कञ्चनपुरको बेलौरी नगरपालिकाको छैठौँ नगर सभा सम्पन्न

कञ्चनपुर ।  कञ्चनपुरको बेलौरी नगरपालिकाको छैठौँ नगर सभा सम्पन्न भएको छ । 

नगरपालिकाले मङ्गलबार वडा नम्बर ९ स्थित कुण्डामा नगर सभा सम्पन्न गरेको हो । सभामा नगर कार्यपालिका कार्यालय, मातहतका वडा कार्यालय, बिभिन्न शाखा उपशाखाहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको बताइएको छ ।

नगरपालिकाका प्रवक्ता विनोद नेपालीका अनुसार हालसम्म भएगरेका काम कारवाहीका बारेमा समिक्षात्मक छलफल र आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको छ । सभापछि पत्रकार सम्मेलनको आयोजना गर्दै प्रगति विवरणको सारसंक्षेप सार्वजनिक गरिएको थियो ।