कञ्चनपुर : कञ्चनपुर जिल्लाको पुनर्बास नगरपालीका १०मा रहेको लालझाडी युवा क्लव ११ को आयोजनामा एक दिने निःशुल्क आखा सिविर हुने भएको छ ।
श्रीनगर डेन्टल धनगढी को सहयोग मा माघ १६ गते श्री बिजय मावि बिकासबस्तीमा एक दिने निशुल्क आखा तथा दन्त(दात) रोग को स्वास्थ्य शिविर सञ्चालन हुने कल्बले जनाएको छ ।
लालझाडी युवा क्लब ११ का संयोजक काशिराम बोहराले सम्पुर्ण नगरवासी हरुमा यस स्वास्थ्य शिविरमा सहभागी भई मौकाको फाईदा लिन आग्रह गर्नुभयो ।
उहाँले नगरबासीका लागी सहजहोस भन्ने उद्धेश्यले निशुल्क आखा सिविर कार्यक्रम गर्न लागेको बताउनुभयो।
उहाँले यस कल्बले समाजिक कार्य गर्दै आईरहेकाले अझै समाजको हितकालागी अगाडी बढ्ने बताउनुभयो ।