ओलीलाई रावलको प्रतिप्रश्न, ‘तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन?’

ओलीलाई रावलको प्रतिप्रश्न, ‘तपाईलाई अनुशासनको कारवाही गरेकाे हाेइन?’

नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही किन नगर्ने भन्दै प्रतिप्रश्न गरेका छन्। 

बिहिबार एमाले महासचिव ईश्वर पोखरेलले पठाएको स्पष्टीकरण पत्रको जवाफ दिँदै नेता रावलले अध्यक्ष ओलीलाई उल्टै कारवाही किन नगर्ने भन्दै प्रश्न गरेका छन्।

१४ बुँदे जवाफमार्फत उनले ओलीलाई अनुशासनको कारवाही गरेको होइन भन्दै प्रश्न समेत गरेका छन्।  प्रश्नसँगसँगै नेता रावलले अध्यक्ष केपी ओलीमाथि विदेशीसामू लम्पसार परेको, भ्रष्टाचार गरेकोलगायतका आरोपसमेत लगाएका छन्।

आर्थिक हिनामिनाबारे सोधिएको प्रश्नको जवाफ दिँदै आफूलाई लगाएको अरोप तथ्यहीन भएको उनले दाबी गरेका छन्। ‘यस्तो निकृष्ट प्रचार गरेर तपाईले पार्टी एकीकरण पछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड बढी रकमको दुरुपयोग गर्न आफुलाई सहज तुल्याउने अभ्यास गनुभएको मात्र हो किन नभन्ने?,’ उनले भनेका छन्।