अन्नपूर्ण मिडिया नेटवर्कको ब्यूरो कार्यालय उद्घाटन

अन्नपूर्ण मिडिया नेटवर्कको ब्यूरो कार्यालय उद्घाटन

धनगढी : अन्नपूर्ण मिडिया नेटवर्कको सुदुरपश्चिम प्रदेश ब्यूरो कार्यालयको उद्घाटन गरिएको छ ।

धनगढी उपमहानगरपालिका, ४ उत्तरबेहडीमा रहेको कार्यालयको सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले सोमवार एक कार्यक्रमकाविच उद्धघाटन गरे ।

कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले अन्नपूर्ण मिडिया नेटवर्कले यस प्रदेशका समस्या उठान गर्न पहल गरोस भन्ने शुभकामना दिए ।

उक्त कार्यक्रममा अन्नपूर्ण पोस्टका प्रधान सम्पादक हरिबहादुर थापा, एपिवान टेलिभिजनका सम्पादक टिकाराम यात्री समेतको सहभागिता थियो ।