विद्युतीय कार निर्माण गर्दै ह्वावे, मूल्य ४५ हजार डलर

विद्युतीय कार निर्माण गर्दै ह्वावे, मूल्य ४५ हजार डलर

चिनियाँ टेक जाइन्ट ह्वावेले विद्युतीय कार निर्माण परियोजनामा काम गरिरहेको छ । कम्पनीको यो पहिलो कार पूर्णरुपमा विद्युतीय हुने बताइएको छ । उक्त कारको मूल्य ४५ हजार डलरसम्म पर्ने स्रोतले जनाएको छ ।

यसअघि ह्वावे आफैंले कार उत्पादन नगर्ने बताएका कारण यो कार कम्पनीको निर्माण साझेदार कम्पनीले बनाउने सम्भावना देखिएको छ ।

यसअघि ह्वावेले अटोमोबाइल उद्योगमा हार्डवेयर तथा सफ्टवेयर सोल्युसन आपूर्तिकर्ताको रुपमा काम समेत गरिसकेको छ ।