डिपिआर तयार भइसकेका पूर्वाधार विकासका आयोजनाहरु छिटो सञ्चालन गर्न निर्देशन

डिपिआर तयार भइसकेका पूर्वाधार विकासका आयोजनाहरु छिटो सञ्चालन गर्न निर्देशन

धनगढी : प्रदेश सभाको अर्थ, विकास तथा प्राकृति स्रोत समितिले आज भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरासित मन्त्रालयका गतिबिधिबारे चासो राखेको छ ।

समितिको प्रदेश सभा परिसरमा रहेको कार्यालयमा आज भएको बैठकमा मन्त्री बोहरासित छलफल गरिएको हो ।

समितिको बैठकमा मन्त्री बोहरासित पूर्वाधार विकासका लागि आर्थिक बर्ष २०७४÷०७५ को अल्पकालीन बजेटमा ब्यवस्था भए बमोजिम बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न खर्च भएको बजेट तथा प्रतिवेदनको बारेमा समितिका सदस्य सासंदहरुले प्रश्न राखेका थिए ।

अल्पकालीन बजेटमा विकास आयोजनाहरुको डिपिआर तयार गर्न गरिएको ब्यवस्था अनुसार अध्ययन प्रतिवेदन मन्त्रालयले पाएको र सोका आधारमा चालू आर्थिक बर्षमा ती आयोजना सञ्चालनका लागि बजेट बिनियोजन गरिएको मन्त्री बोहराले बताए । अध्ययन गरिदै गरेका कतिपय आयोजनाहरुको प्रतिवेदन माघ १५ सम्मा आउने समेत उनले समितिलाई बताए ।

समितिले मन्त्री बोहरालाई डिपिआर तयार भइसकेका पूर्वाधार विकासका आयोजनाहरु छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । जवाफमा मन्त्री बोहराले आयोजनाहरुका लागि टेण्डर प्रक्रिया शुरु हुने चरणमा रहेको बताए ।

समितिका सभापति हर्क बहादुर कुँवरले पूर्वाधार विकास विना अन्य विकास समभव नभएका कारण पूर्वाधार मन्त्रीसित डिपिआर तयार भएका आयोजना छिटो सञ्चालन गर्ने बिषयमा छलफल भएको बताए ।

सभापति कुँवरले डिपिआर तयार भएका आयोजनाको काम अगाडि बढाउन मन्त्री बाहेरालाई सुझाव दिइएको दिए ।