सहमति बिनै भारतिय पक्षद्धारा सिमामा नाला निर्माण, सम्बन्धित निकाय मुखदर्शक (भिडियो सहित)

सहमति बिनै भारतिय पक्षद्धारा सिमामा नाला निर्माण, सम्बन्धित निकाय मुखदर्शक (भिडियो सहित)

कञ्चनपुर : कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रको पुनर्वास नगरपालिका ११ स्थित नेपाल भारत सीमा क्षेत्रमा अन्तरास्ट्रिय कुटनैतिक मर्यादा उलंघन गर्दै भारतीय पक्षले नाला खनेर डिल बनाउन थालेको छ ।

नेपाल भारत सीमा क्षेत्रको गौरीफन्टा  नाका र पुनर्वासको डोकेबजार स्थित सीमा स्तम्भ नम्बर १७१र७७३ देखि नेपाली प्रशासन संग अनुमती बिनै डोजर लगाएर भारतीय वन बिभागका कर्मचारीले नाली बनाउदै अग्लो डिल बनाउन थालेको हो ।

नेपाली प्रशासन संग सहमति बिनै नाला खनेर डिल बनाउन थाल्दा समेत सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी मुख दर्शक बनेको स्थानीय वासीन्दाहरुले आरोप लगाएका छन ।

आफ्नै नजरको अघिल्तिर भारतीय पक्षले अन्तर्रा्ष्ट्रिय कुटनैतिक मर्यादा उलंघन गर्दै दशगजा नजिकै नाला खन्दै रहे पनि नेपाली सीमा सुरक्षा बल सशस्त्र प्रहरी बलका जवान टुलुटुलु हेरेर रमिते बनेका छन् ।

तर सहमति बिना दुई देशका  सीमामा कुनै प्रकारका संरचना निर्माण गर्न नपाउने अन्तरास्ट्रिय मर्यादा भए पनि भारतीय पक्षले पटकपटक मान्यता उलंघन गर्दै दादागिरी देखाईरहेको छ ।

नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु परेको थियो  । पटक पटक भारतिय पक्षले दुख दिईरहेको र यस क्षेत्रकमा बस्ने नागरीहरु असुरक्षीत हुदै गएकोले स्थानीय वासीन्दाहरुले गुनासो गरेका छन  ।