कोरोना अनियन्त्रित भएपछि १० र १२ कक्षाको बोर्ड परीक्षा स्थगित

कोरोना अनियन्त्रित भएपछि १० र १२ कक्षाको बोर्ड परीक्षा स्थगित

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी बढ्दै गएपछि भारतको महाराष्ट्र शिक्षा विभागले १० र १२ कक्षाका बोर्ड परीक्षा स्थगित गरेको छ । प्रदेशकी शिक्षामन्त्री वर्षाले ट्विटरमार्फत जानकारी दिँदै कोरोनाका कारण परीक्षा स्थगित गरिएको बताइन् ।

‘वर्तमान परिस्थिति परीक्षा सञ्चालनका लागि अनुकूल छैनन्, विद्यार्थीको स्वास्थ्य हाम्रो प्राथमिकता हो,’ उनले भनिन् । उनले १२ कक्षाको परीक्षा मे अन्त्यसम्म र १० कक्षाको परीक्षा जुन महिनामा हुने जानकारी दिइन् । परीक्षाको नयाँ मिति चाँडै घोषणा हुने उनले बताइन् ।

परीक्षा स्थगित गर्ने निर्णय लिनुअघि सरोकारवाला विद्यार्थी, शिक्षक, अभिभावक, सबै पक्षका प्रतिनिधि, विज्ञ लगायतसँग परामर्श लिइएको उनले जानकारी दिइन् ।