बझाङमा ११ बर्षिय बालकले नयाँ चप्पल नपाउँदा लिए आफ्नै ज्यान

बझाङमा ११ बर्षिय बालकले नयाँ चप्पल नपाउँदा लिए आफ्नै ज्यान

बझाङ । बझाङका ११ वर्षीय बालक आयुष बिसीले नयाँ चप्पल नपाउँदा आफ्नै ज्यान लिएका छन् ।

थलारा गाउँपालिका–४ डिख्लामा बस्दै आएको उनको परिवारले सुरुमा त बालकले मागेको कुरा इन्कार गरेपनि पछि चप्पल किन्न उनका बुबा बजार गएका बेला बालकले प्राण त्यागेका हुन् । 

चप्पल किन्न धेरै जिद्दी गर्न थालेपछि बुवा मोहन नयाँ चप्पल किन्न बजारतर्फ लागपछि ती बालक झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गरिब परिवारले बालकको इच्छा परिपूर्ति गर्न नसकेपछि आत्महत्या सम्मको वातावरण बनेको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए ।