सफरमा यसरी तिमी अलपत्र पारेर गयौ

सफरमा यसरी तिमी अलपत्र पारेर गयौ

सफरमा यसरी तिमी अलपत्र पारेर गयौ।
सम्बन्ध तोडेर छुट्टियौ र माया मारेर गयौ।

लडाइँ जारी छ रणनीति बदलेर लड्ने छु,
कसले भन्छ अब तिमीले युद्ध हारेर गयौ।

म मलाई म बनाउदा बनाउदै थाकेर बसे,
तिमी आयौ भएको म पनि बिगारेर गयौ।

तिमीले चाहे जस्तै त भएको थियो फेरि,
छुट्टियौ तर किन आँसु बर्बरी झारेर गयौ।

मेरो कुनै गुनासो छैन बस एउटै कुरा हो,
किन यसरी बिच सडकमा पछारेर गयौ।

               २०७८/०१/०२ महेन्द्रनगर