आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

आजको राशिफलः यस्तो हुनेछ आजको दिन, कुन राशिलाई कस्तो ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आज स्थान परिवर्तनका विशेष योग देखिन्छन् । रोकिएको धन हात पर्न सक्छ । मनोरञ्जनमा सहभागी भइएला । साँझमा पैसा खर्च हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
आज मन भावुक र उत्ताउलो बन्नेछ, आफूलाई अनुशासित र संयम बनाउनु पर्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रमाइलो यात्राको योग रहेको छ । कार्य सम्पादनमा सहजता मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी नबेहोर्नुपर्ला । घरायसी समस्या बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । धार्मिक कार्य सफल रहनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सन्तान सुख पनि मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । मिलनसार साथीको सहयोगले कार्य सिद्ध हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आज लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कला र गलाको प्रभाव बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
आज आस मारेको काम बन्नसक्छ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । शुभ र नयाँ कार्यको चर्चा चल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 
विचार परिवर्तन भै परोपकार तथा पुण्य आर्जन गर्न संलग्न भइनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
आज नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । स्वादिष्ट भोजन पाइनेछ । वैदेशिक कार्य र वित्तिय संस्थाबाट सफलता मिल्नेछ ।