रुरु जलविद्युतको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

रुरु जलविद्युतको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

रुरु जलविद्युत परियोजनाको आईपीओ शुक्रबार  बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बाँडफाँट भएको हो । ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन ।

बाँडफाँट गरेर बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।

आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको छ ।

सीडीएस एन्ड क्लियरिङको https://iporesult.cdsc.com.np/बाट रिजल्ट हेर्न सकिन्छ । बिक्री प्रबन्धकको वेबसाइटबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।