सुझावसहित सहकारी सम्बन्धी बिधेयक प्रदेश सभा सचिवालयमा दर्ता

सुझावसहित सहकारी सम्बन्धी बिधेयक प्रदेश सभा सचिवालयमा दर्ता

धनगढी : प्रदेश सभाको सामाजिक विकास समितिले भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको सहकारी सम्बन्धी बिधेयकमा आवश्यक परिमार्जनका लागि सुझावसहितको प्रतिवेदन आज प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ ।

सामाजिक विकास समितिका सभापति कुन्ती जोशीका अनुसार आजको बैठकले बिधेयकमा आवश्यक परिमार्जन सहितको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो । बैठकबाट प्रतिवेदन पारित भएपछि आजै साँझ ४ बजे सचिवालयमा दर्ता गराइएको छ ।

सामाजिक विकास समितिले मंगलबार र बुधबार सुदूरपश्चिम प्रदेशका सहकारीकर्मी र सहकारी बिज्ञहरुसित बिधेयकबारे छलफल गरेको थियो । सभापति जोशीले बिज्ञहरुको सुझावलाई समेट्दै प्रतिवेदन तयार गरिएको जानकारी दिनुभयो ।