सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा थप ५० शैयाको कोरोना अस्पतालको निर्माण सुरु

सुदूरपश्चिम प्रदेश सरकारद्वारा धनगढीमा थप ५० शैयाको कोरोना अस्पतालको निर्माण सुरु

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ५० शैयाको कोरोना अस्पतालको निर्माण सुरु गरेको छ । सोमबार सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कोरोना अस्पतालको शिलान्यास गरेका हुन् ।

धनगढी उपमहानगरपालिका–१ स्थित कोरोना अस्पतालकै छेउमा थप ५० शैयाको अस्पतालको शिलान्यास गरिएको हो । 
कोरोना भाइरसको बढ्दो जोखिमलाई ध्यानमा राख्दै चालू आर्थिक बर्ष अगाबै निर्माण कार्य पूरा गर्ने लक्ष्य राखिएको छ ।