एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका गौरिका र प्रकाश

एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका गौरिका र प्रकाश

एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा नेपालका २ जना युवा पर्न सफल भएका छन् । फोर्ब्सले हरेक वर्ष सार्वजनिक गर्ने ‘फोर्ब्स थर्टी अन्डर थर्टी एशिया’ को सूचीमा नेपालका २ जना युवा पर्न सफल भएका हुन् । 

यस वर्षको एशियाका ३० वर्ष मुनिका ३० प्रभावशाली व्यक्तिको सूचिमा नेपालका गौरिका सिंह र प्रकाश कोइराला पर्न सफल भएका छन् । गौरिका नेपालकी पौडी खेलाडी हुन् भने प्रकाश फिनलिटका संस्थापक हुन् । 

गौरिका सिंह

१८ वर्षिया गौरिकाले ९ वर्षदेखि पौडी खेल्दै आएकी छन् । उनले १२ वर्षको उमेरदेखि नेपालका लागि प्रतिस्पर्धा गर्दै आएकी छन् । सन् २०१९ मा नेपालमा भएको दक्षिण एशियाली खेलकुदमा उनले ४ स्वर्ण पदक, २ रजत र ३ कास्य पदक जितेकी थिइन् ।

उनी सन् २०१६ मा भएको रियो ओलम्पिक खेलमा सबैभन्दा कान्छी खेलाडी थिइन् । उनी टोकियो २०२० ओलम्पिक गेम्समा समेत छानिएकी छन् । गौरिका सामाजिक कार्यमा समेत संलग्न छन् । उनी माइति नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्धभावना सुत समेत हुन् । 

प्रकाश कोइराला

२९  वर्षिय प्रकाश कोइराला फिनलिट नेपालका संस्थापक हुन् । सन् २०१७ मा कोइरालाले गरिबी निवारणका लागि कम आय र कमजोर समुदायलाई आधारभुन वित्तिय शिक्षा दिन फिनलिट नेपालको स्थापना गरेका थिए ।

यसले देशको वित्तिय साक्षरता र समावेशीकरणका लागि कार्यक्रम र निती बनाउन सरकार, कम्पनी र छिमेकी समूहसँग काम गर्द्छ । उनले धेरै पुरस्कार तथा छात्रवृती समेत प्राप्त गरेका छन् ।