कैलाली र कञ्चनपुरमा आंशिक निषेधाज्ञा जारी, अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारबाही हुने

कैलाली र कञ्चनपुरमा आंशिक निषेधाज्ञा जारी, अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारबाही हुने

धनगढी । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि  जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले आंशिक रूपमा निषेधाज्ञा जारी गरेका छन् । दुवैमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुनेछन् भने अन्य स्थानीय तहलाई पनि १० दिनसम्म विद्यालय बन्द गर्न आग्रह गरिएको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीका अनुसार  अनुसार भिमदत्त नगरपालिकाका  सम्पूर्ण विद्यालय बन्द  गरिएको र अरू स्थानीय तहलाई  संक्रमणको अवस्था ख्याल गरी आवश्यक व्यवस्था गर्ने जनाएको छ । 

दुवै जिल्लामा सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थक्लव, जिमखाना, स्विमिङ फुल, हाटबजार, फुटसल, सभा, सम्मेलन र जुलुस गर्न वैशाख मसान्तसम्म रोक लगाइएको छ । भने यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतका संघसस्था विद्युतीय माध्यमबाट सञ्चालन न गर्ने र सम्भव नभए जनस्वास्थ्यको मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिइएको छ । 

आदेशको अवज्ञा गरे संक्रामक रोग २०२० अनुसार कारबाही हुने आदेशमा भनिएको छ ।