प्रधानमन्त्री ओलीले प्रदेश सभामा सम्बोधन गर्ने भएपछि आवश्यक तयारी शुरु

प्रधानमन्त्री ओलीले प्रदेश सभामा सम्बोधन गर्ने भएपछि आवश्यक तयारी शुरु

सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले माघ २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा सम्बोधन गर्ने निश्चित भएपछि त्यसका लागि आवश्यक तयारी शुरु गरिएको जानकारी दिनुभएको छ ।

सभामुख थापाले प्रधानमन्त्री निजी सचिवालयले प्रधानमन्त्री ओलीले सम्बोधनका लागि समय उपलब्ध गराउने जानकारी प्रदेश सभालाई दिएसंगै आवश्यक तयारीहरु थालिएको बताउनुभएको हो ।

आज सभामुख थापाले प्रदेश सभा भवनमा प्रधानमन्त्रीका लागि बस्ने सीटको ब्यवस्था गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

उहाँले प्रदेश सभा भवनमा प्रधानमन्त्रीसंगै आउने अन्य बिशिष्ठ पाहुनाहरुका लागि समेत बस्ने ब्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माका अनुसार प्रधानमन्त्रीको सम्बोधनका लागि तयारी शुरु भइसकेको छ ।

प्रधानमन्त्रीका लागि बस्ने सीट र संगै प्रदेश प्रमुखका लागि पनि बस्ने सीटको ब्यवस्थापन गरिने र अन्य बिशिष्ठ ब्यक्तित्वहरुका लागि बिशिष्ठ ब्यक्ति बस्ने आसनमा ब्यवस्था गरिने सचिव शर्माले जानकारी दिनुभयो ।