बसको ठक्करवाट एक जनाको मृत्यु, कैलालीको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बसको ठक्करवाट एक जनाको मृत्यु, कैलालीको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कैलाली | कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि मृतकका आफन्तहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

बसको ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएपछि आक्रोशित बनेका मृतकका आफन्तले क्षतिपूर्ति तथा दोषीलाई कारवाहीको माग गर्दै आ बिहानैदेखी पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ४ ख ३७२९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको म ८ प नम्बरको ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–४ का २७ वर्षीय लालितजंग रावतको मृत्यु भएको थियो ।

बसको ठक्करवाट गम्भिर घाईते भएको रावतको उपचारका क्रममा मृत्यु भएको हो । मृतकका आफन्तले बिहानैदेखि लम्कीको बौलियामा टायर बालेर सडक अवरुद्ध पारेका छन्।

उता जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ठक्कर दिने बस र बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको बताएको छ ।