छोरी प्रेरणासहित पूर्व राजा-रानी नर्भिक अस्पतालमा

छोरी प्रेरणासहित पूर्व राजा-रानी नर्भिक अस्पतालमा

काठमाडौं । कोभिड संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्यलक्ष्मी शाहलाई लाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

हरिद्धारमा सम्पन्न कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्व राजा दम्पत्तीलाई उताबाट फर्किए लगत्तै कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना भएपछि निर्मल निवासमै बसिरहेका पूर्व राजा रानीलाई स्वास्थ्यमा थप समस्या भएपछि दिउँसो १ बजे अस्पताल ल्याइएको नर्भिक स्रोतले जनाएको छ ।

अहिले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

यसैबीच पूर्व राजाकी छोरी पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह समेत संक्रमित भएर नर्भिक अस्पतालमै लगिएको छ ।