विश्व भेटेरिनरी दिवसको अवसरमा भेटेरिनरी एशोसिएसनको शुभकामना

विश्व भेटेरिनरी दिवसको अवसरमा भेटेरिनरी एशोसिएसनको शुभकामना

नेपाल भेटेरिनरी एशोसिएसन नेपालले विश्व भेटेरिनरी दिवसको उपलक्ष्यमा पशु चिकित्सक, वैज्ञानिक, कृषक, पशु प्राविधिक, जनस्वास्थ्यकर्मी, विद्यार्थी लगायत सबैलाई शुभकामना व्यक्त गरेको छ । 

एक विज्ञप्ति जारी गर्दै एशोसिएसनले २२ औँ विश्व भेटेरिनरी दिवसको अवसरमा भेटेरिनरी सेवासँग सम्बद्ध सबैलाई शुभकामना व्यक्त गरेको हो । भेटेरिनरी क्षेत्रका पशु स्वास्थ्य कर्मी र अन्य सबै सरोकार वलाहरुको योगदानको सम्मान स्वरूप २००० बाट विश्वभर भेटेरिनरी दिवस मनाउन सुरु गरिएको हो । 

भेटेरिनरी क्षेत्रले पशु स्वास्थ्य, जनस्वास्थ्य, खाद्य तथा पशु स्वास्थ्य, दिगो विकासमा निरन्तर योगदान पुर्याउदै आएको पनि एशोसिएसनले जनाएको छ । विश्व भेटेरिनरी दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

May be an image of text