सडकमा प्रहरीको सक्रियता, पम्पलेट बोकेर मास्क लगाउन अनुरोध !

सडकमा प्रहरीको सक्रियता, पम्पलेट बोकेर मास्क लगाउन अनुरोध !

धनगढी ।   वडा प्रहरी कार्यालय धनगढीले सडकमा आफ्नो सक्रियता बढाएको छ । प्रहरीले सडकमा पम्पलेट बोकेर, घरबाहिर निस्किँदा, सार्वजनिक स्थलमा र सवारी साधनमा अनिवार्य मास्क लगाऊँ भन्दै पम्पलेट सहित जनचेतना फैलाइरहेको हो। 

प्रहरीले धनगढीको मुख्य बजारमा मास्क बिना सवारी साधन चलाउनेलाई प्रहरीले कारबाहि पनि गरिरहेको छ। 

कोरोना सङ्क्रमण फैलिरहेका बेला स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए स्थिति भयावह हुने चिकित्सकहरूले बताइरहेका बेला प्रहरीको जनचेतनामूलक सक्रियता तारिफ योग्य रहेको छ ।