काठमाडौं उपत्यकाका ३ सहित देशका ९ जिल्लामा १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय

काठमाडौं उपत्यकाका ३ सहित देशका ९ जिल्लामा १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय

सरकारले काठमाडौं उपत्यकाका ३ सहित देशका ९ जिल्लामा १५ दिन निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बसेको सीसीएमसीको सिफारिसअनुसार संक्रिय संक्रमितको संख्या २ सय नाघेका पहाडी र ५ सय नाघेका सहरी क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

जसअनुसार बिहीबारदेखि उपत्यकाका ३ जिल्ला– काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा जारी हुँदैछ भने बाँके, बर्दिया, बागलुङ र कालीकोटका सहरी, बढी जनघनत्व भएका र सीमावर्ती क्षेत्रमा यसअघिदेखि नै निषेधाज्ञा लागू भइसकेको छ।

यस्तै सुर्खेतमा आज मंगलबार राति १२ बजेदेखि र कास्कीमा बुधबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिँदैछ।