सेती अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

धनगढी । कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कञ्चनपुरका थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । एक÷एक घण्टाको फरकमा दिउँसो दुवै सङ्क्रमितको मृत्यु भएको हो । 

जिल्ला प्रशाासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार भीमदत्त नगरपालिका–१८ का ३२ वर्षीय पुरुषको दिउँसो १ बजे र बेल्डाँडी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको दिउँसो २ बजे मृत्यु भएको हो ।

यो संगै आज अहिलेसम्म सेती प्रादेशिक अस्पतालमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।