आज सूचना प्रविधि दिवस, नेपाललाई डिजिटल फ्रेमवर्कमा लग्ने सञ्चारमन्त्री गुरुङको दावी

आज सूचना प्रविधि दिवस, नेपाललाई डिजिटल फ्रेमवर्कमा लग्ने सञ्चारमन्त्री गुरुङको दावी

काठमाडौं | ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ नाराका आज नेपालमा सूचनाप्रविधि मनाइँदै छ। यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी न्यूनीकरणका लक्ष्य हासिल गर्ने मूल उद्देश्य प्राप्तिका लागि सरकारले सो कार्यक्रमलाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने सङ्कल्प लिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन्।  

‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का शुुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले सबैलाई सूचना प्रविधिसँग जोड्दै ‘समृद्ध नेपाल ः सुुःखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य रहेको बताए। 

आजको युुग सूचना तथा सञ्चार प्रविधिको युुग भएको मन्त्री गुरुङको भनाइ छ। राष्ट्रिय सङ्कल्पलाई पूरा गर्ने सरकारको लक्ष्य रहेको बताउँदै उनले सोही लक्ष्य हासिल हुने गरी सरकारले नीतिगत, कानूनी र संरचनागत आधार तयार पारी कार्यान्वयनमा लैजान ‘डिजिटल नेपाल फ्रेमवर्क’को कार्यक्रमलाई प्रभावकारिताका साथ अघि बढाउने कामलाई तीव्रता दिएको बताए।

‘सूचना प्रविधि क्षेत्रको दुरुपयोग हुन नदिन तथा यसको विकासमा सहज पहुुँच पुु¥याउन सरकारले सङ्घीय संसद्मा ‘सूचना प्रविधि विधेयक’ पेश गरेको छ,’ उनको सन्देशमा उल्लेख छ, ‘सूचना महामार्ग निर्माण र विस्तारको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।’ 

सरकारले सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक शिक्षण संस्था, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुुँच सुनिश्चित गर्ने कार्य गरेको मन्त्री गुरुङले बताए।

दूरसञ्चार सेवालाई गुुणस्तरीय बनाउन फाइभजी परीक्षणको काम अगाडि बढाइएको समेत उनले बताए। साइबर अपराध नियन्त्रण, साइबर सुरक्षा र सरकारी डाटा सेन्टरको सुरक्षा अति संवेदनशील विषय भएकाले यसको सुरक्षामा विशेष ध्यान दिइएको उनको सन्देशमा उल्लेख छ।