कोरोना संक्रमित बिरामीलाई कुरिरहेको गेटा मेडिकल कलेज

कोरोना संक्रमित बिरामीलाई कुरिरहेको गेटा मेडिकल कलेज

धनगढी । निकै चासोको रुपमा हेरिएको धनगढीको गेटा स्थित गेटा मेडिकल कलेज र सोमा संचालन गर्ने भनिएको कोरोना अस्थाई अस्पताल आम सर्वसाधारणका लागि “आकाशको फल आँखातरी मर”भनेझै भएको छ । तिनै तहका सरकारले पटक पटक सो स्थानमा कोरोना संक्रमितहरुलाई राख्न अस्थाई पूर्वाधार खडा गर्ने भनिएपनि हाल सम्म कसैले पनि सो बारेमा स्पष्ट प्रक्रिया अघि नबढाएकोले कोरोना संक्रमितलाइ राख्ने कुरा अहिले राजनीतिक दाउपेचको भुमरीमा फसेको हो कि भनेर सहजै अनुमान गर्न् सकिन्छ ।

संघिय सरकारको मातहत हाल निर्माणधिन अवस्थामा रहेको गेटा मेडिकल कलेजमा कोरोना संक्रमितहरुलाई राख्न हरेक दृष्टिले उपयुक्त रहेको स्वास्थ्य क्षेत्रका जानकारहरुले बताउने गरेका छन् । संघिय सरकारको कोभिड-१९ संकट ब्यावस्थापन केन्द्र (सीसीएमसी) प्रदेश सरकारको, प्रदेश कोभिड १९ संकट ब्यबस्थापन केन्द्र (पीसीएमसी) र जिल्ला स्थित जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) बिचको तालमेल नमिल्दा सरकारले भनेको कोरोनाको ब्यबस्थापनको पाटो “कुरो एकातिर काम अर्कातिर” भनेझैँ भएको छ ।

यस बिचमा कोरोना संक्रमितको ब्यबस्थापनको लागि प्रदेश सरकारले गेटा मेडिकल कलेज उपलब्ध गराईदिन भनि संघिय  सरकारलाई पत्र पठाए पनि संघिय सरकारले उक्त मेडिकल कलेजमा कोरोना संक्रमितहरुको लागि र खास गरि भारत बाट आउनेहरुका लागि होल्डिंग सेन्टर, आइसोलेसन निर्माण गर्ने भन्दै निर्णय सहित जिल्ला प्रशासन कार्यालय कैलाली मातहत रहने गरि गेटा मेडिकल कलेज पूर्वाधार निर्माण बिकास समितिका नाममा पत्र पठाए पछि झस्किएको प्रदेश सरकार अहिले निजि अस्पतालहरु, सामुदायिक अस्पतालहरु संग सम्झौता गरि कोरोना संक्रमितहरुको ब्यबस्थापनमा लागेको छ ।

एक कर्मचारीका अनुसार ‍’ब्यक्तिगत लोककप्रियताको सौखिन नेताहरुका कारण सर्वसाधारणहरुले दुख पाइरहेका छन्, उनका अनुसार प्रदेश सरकारले पठाएको पत्रको जवाफ प्रदेश सरकारलाई नपठाई संघ मातहतको कार्यालयको हवाला दिई जिल्ला प्रशासन कार्यालय कैलालीलाई जिम्मा दिनु संघिय सरकारको गम्भिर त्रुटिपूर्ण निर्णय हो । जिल्ला सँग यति ठुलो ब्यबस्थापनका लागि स्रोत साधन, जनशक्ति एबं संयन्त्र नहुने भन्दै नेताहरुको स्वार्थ र स्वच्छाचारी प्रवृतिले गर्दा कोरोना ब्यबस्थापनमा कठिनाइ उत्पन्न भईरहेको उनले बताए । 

यस बिषयमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले यही बैशाख १४ गते नै शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई गेटा मेडिकल कलेजका केहि भवन उपलब्ध गराईदिन पत्राचार गरेको देखिन्छ । यद्यपि तत् पश्चात जिल्ला प्रशासन कार्यालय मातहत रहेने प्रमुख जिल्ला अधिकारिको अध्यक्षतामा बस्ने गरेको जिल्ला संकट ब्यबस्थापन केन्द्र कैलालीको यही बैशाख १७ गते को बैठकले होल्डिंग सेन्टर निर्माण र आइसोलेशन स्थापना गर्न आवश्यक पूर्वाधार निर्माण, स्रोत साधन र जनशक्ति परिचालन तथा व्यबस्थापनका लागि भन्दै सुदुरपश्चिम प्रदेशको सामाजिक बिकास मन्त्रालयलाई अनुरोध गरेको छ ।

स्रोतका अनुसार प्रदेशमा कोरोना ब्यबस्थापनको आधिकारिक जिम्मा प्रदेश संकट ब्यवस्थापन केन्द (पीसीएमसी) लाई हुने गरेको छ । तसर्थ संघिय सरकार मातहतको केन्द्रीय संकट व्यबस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरि सिधै प्रदेश संकट ब्यबस्थापन केन्द्र (पीसीएमसी) लाई जिम्मा दिनु पर्ने हो तर उल्टो भयो संघिय सरकारको कोरोना व्यबस्थापनका सम्बन्धमा भएको यो निर्णयमा सरकार यात चुकेको हुनु पर्छ या कसैको व्यक्तिगत लोकप्रियताका संगै राजनैतिक लाभका लागि दवावमा निर्णय गरेको हुनु पर्छ’।

(स्मरण रहोस संघिय सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रि लेखराज भट्ट र प्रदेशका सामाजिक बिकास मन्त्रि कृष्णराज सुबेदी यसै क्षेत्र बाट निर्बाचित हुन् ।) 

No description available.No description available.No description available.No description available.