कैलालीमा मङ्गलवार बिहान ४ जना कोरोना संक्रमीतको ज्यान गयो

कैलालीमा मङ्गलवार बिहान ४ जना कोरोना संक्रमीतको ज्यान गयो

धनगढी । मङ्गलवार बिहानै धनगढीमा चार जना संक्रमितको मृत्यु भएको छ । बर्दिया, कञ्चनपुर, बझाङ र धनगढीका चार जनाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार धनगढी ७ कि  ७७ बर्सिया महिला बझाङका २६ वर्षीय पुरुष , कञ्चनपुरका ७१ वर्षीय पुरुष र बर्दियाका ३० वर्षीय पुरुषको  धनगढीमा उपचारको क्रममा  मृत्यु भएको हो ।