अक्सिजन अभाव हुन नदिन महाकाली अस्पताललाई मेगा र उदयदेव सहकारीले गरे आर्थिक सहयोग

अक्सिजन अभाव हुन नदिन महाकाली अस्पताललाई मेगा र उदयदेव सहकारीले गरे आर्थिक सहयोग

महेन्द्रनगर । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९)को दोस्रो चरणको संक्रमणको उच्च जोखिम बढ्दै गएपछि देशभरका अस्पतालहरुमा अक्सिजनको अभाव भईरहेको अवस्थामा महाकाली अस्पतालमा पनि अक्सिजनको अभाव  भएको छ। संक्रमितहरुले समयमै अक्सिजन नपाउदा अकालमै ज्यान गुमाउन परिरहेको  परिस्थितिमा अक्सिजनको सहज आपूर्तिका लागि  कंचनपुरका दुई सहकारीहरुले महाकाली अस्पताललाई आर्थिक सहयोग गरेका छ्न ।

भिमदत्त नगरपालिका स्थित मेगा बचत तथा ऋण सहकारी संस्था र उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले महाकाली अस्पताललाई संयुक्त रुपमा रु.३ लाख सहयोग गरेका छ्न ।

उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले रु.१ लाख ५० हजार र मेगा सहकारिले  १ लाख ५० हजार गरि तीन लाख रकम बराबरको चेक महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी (बोक्सर) लाई हस्तान्तरण गरेका छ्न । उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पुर्ण बहादुर चन्दद्वारा रु.१ लाख ५० हजार रकम बराबरको चेक हस्तान्तरण गरिएको उदयदेव संस्थाका कार्यकारी अधिकृत गणेश बहादुर चन्दले जानकारी दिए।

यसै गरि भने मेगा बचत तथा ऋण सहकारी संस्थाका तर्फबाट सहकारीका कार्यकारी प्रमुख सुनिल सेटि ले रु.१ लाख ५० हजार रकम बराबरको चेक अस्पताल व्यवस्थापन समितीका अध्यक्ष जोशीलाई हस्तान्तरण गरेको बताए।
महामारीको यस्तो विषम परिस्थितिमा सवैले एकजुट भएर महामारीको सामना गर्नुपर्ने मेगा सहकारीका कार्यकारी प्रमुख सेटिले बताए। उनले भने; " कोभिडको नयाँ भेरियन्टका संक्रमितहरु बढेसँगै अक्सिजन खपत बढी हुँदै आएको छ, अक्सिजनको अभावले कसैको ज्यान नजाओस भन्ने उद्देश्यले हाम्रो संस्थाले सहयोग गर्ने निर्णय गरेको हो ।"
 


यसै गरि उदयदेव बहुउद्देश्यीय सहकारीले आफ्नो २३ औं स्थापना दिवसको समेत अवसर पारेर संस्थाले अक्सिजन आपूर्तिको लागि आर्थिक सहयोग गरेको उदयदेव सहकारी संस्थाका कार्यकारी अधिकृत गणेश बहादुर चन्दले बताए । उनले महामारीको यो विषम परिस्थीतिको अवस्थामा उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका सेयर सदस्यहरु लाई कोरोनाको संकटमा परे भने उनको सहजताका लागि संस्थाले दिनको ५ सयका दरले १० दिन सम्म आर्थिक सहयोग गर्ने र आगामी दिनमा पनि समय परिस्थिति हेरेर सहकारीले सक्दो सहयोग गर्ने समेत बताए ।

यी दुवै सहकारी समय समयमा सामाजिक कार्यहरु गर्दै आईरहेका छ्न ।