आज तपाईको राशिफल कस्तो छ ?

आज तपाईको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
समाजबाट मान सम्मान मिल्नेछ । पारिवारिक सुख पनि मिल्नेछ । आज सेतो रङ्गको प्रयोगले विभिन्न समस्याबाट जोगाउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
आज शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र पारिवारीक सम्बन्ध सुधार हुने समय पनि छ ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । सजिलै अरुको विश्वास जित्न सकिनेछ । विद्या र बुद्धिको भने ह्रास हुन सक्छ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर र साथ दिनेछ भने गरेको काममा सफलता हात पर्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । पारिवारिक जमघट पनि हुनेछ ।


मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्नेछ ।