इन्टरनेट स्लो भएर दिक्क हुनुहुन्छ ? यसरी गर्नुहोस् आफैंले समाधान

इन्टरनेट स्लो भएर दिक्क हुनुहुन्छ ? यसरी गर्नुहोस् आफैंले समाधान

काठमाडाैं । इन्टरनेट सेवालाई लिएर ग्राहकहरुमा कहिल्यै सन्तुष्टि पलाएको देखिँदैन । यो असन्तुष्टि अझ निरन्तर बढ्दो क्रममा छ ।  सामाजिक सञ्जालहरुमा इन्टरनेट सेवा प्रदायकहरुमाथि नकरात्मक टिप्पणी तथा गाली गलौज गरिएका अनेकौं पोस्टहरु देखा परिरहेका हुन्छन् ।

वास्तमा इन्टरनेट विभिन्न कारणले स्लो हुने गर्छ । यसबारे हरेक प्रयोगकर्ता चनाखो हुन जरुरी हुन्छ । आज हामी ब्रोडब्यान्ड इन्टरनेट स्लो हुने मुख्य पाँ कारणबारे चर्चा गर्दै छौं ।

१. तपाईंको वाईफाईले व्यापक कभरेज दिन्छ तर, यसले तपाईंको कनेक्सन पर्फमेन्सलाई कमजोर बनाउन सक्छ । दुरीले तपाईंको वाईफाई सिग्नललाई घटाइदिन्छ र घरको सिलिङ र भित्तालाई छेडेर जान वाईफाई सिग्नललाई समस्या पर्दछ ।

यो समस्याबाट मुक्ति पाउन तपाईंले आफ्नो डिभाइसलाई इथरनेट केबल प्रयोग गरेर आफ्नो राउटरसँग जोड्न सक्नुहुन्छ । अब स्पीड टेस्ट गर्नुहोस् र देखिने परिणामबाट तपाईं पक्कै खुसी हुनुहुनेछ।

यसबाहेक राउटरलाई आफ्नो घरको केन्द्रमा राखेर पनि तपाईंले वाईफाई पर्फमेन्सलाई सुधार गर्नसक्नुहुन्छ । यसलाई खुल्ला, ओरालो पोजिसनमा राख्दा राम्राे हुन्छ । तर यसलाई साँघुरो ठाउँमा लुकाएर कहिल्यै नराख्नुहोस्  । 

२. इन्टरनेट शेयर गरेर प्रयोग गर्नको लागि हो । यसैले तपाईंले यसलाई आफ्नो साथीभाइ र परिवारसँग शेयर गर्नुहुन्छ । तर शेयर गर्दै गर्दा नभुल्नुहाेला कि वाईफाई कतिवटा डिभाइसमा बाढिने भनेर त्यसको आफ्नै सीमितता हुन्छ ।

जब तपाईंको ब्रोडब्याण्ड धेरै जनामाझ शेयर भइरहेको हुन्छ, तब यो इन्टरनेट विभिन्न प्रयोजनका लागि प्रयोग भइरहेको हुन्छ । जस्तै भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ आदि । यसले धेरै ब्याण्डविथ खपत गर्दछ । परिणामत: वाईफाईको समग्र पर्फमेन्समा नै असर पर्दछ ।

आफ्नो ब्रोडब्याण्ड स्पीडलाई दिनमा दुईदेखि तीन पटकसम्म परीक्षण गर्नुहोस् । त्यसबेला तपाईंले थाहा पाउनुहुनेछ जब एकदमै कम मानिसहरुले इन्टरनेट प्रयोग गरिरहेका हुन्छन्, तब तपाईंको नेटले एकदमै तीव्र गतिमा काम गरिरहेको हुन्छ ।

तर फाइबर ब्रोडब्याण्ड प्याकेजले धेरै कनेक्सनलाई राम्रोसँग सपोर्ट गर्न सक्दछ । यसले स्ट्याण्डर्ड ब्रोडब्याण्ड एडीएसएलभन्दा राम्रोसँग काम गर्दछ । यसले स्पीड र समग्र पर्फमेन्स कुनैलाई पनि हानी पर्‍याउँदैन । 

३. तपाईको वाईफाईकको सिंग्नललाई असर गरेर कनेक्सन पर्फमेन्सलाई कमजोर बनाउने तत्व दुरी मात्र होइन राउटर राखेको लोकेसन पनि अर्को कारण हो । यसबाहेक नजिकको टेलिफोन एक्सचेन्ज र एक्टिभ स्ट्रिट डिस्ट्रिब्यूसन क्याबिनेटसँगको दुरी पनि अर्को तत्व हो ।

यी प्वाइन्टहरुमा तपाईको जानकारीहरु अनलाइन एक्सेस गर्न सकिन्छ वा इन्टरनेटमा अपलोड गर्न सकिन्छ । यी प्वाइन्टबाट जति टाढा जानुहुन्छ तपाई्को कनेक्सन त्यति नै कमजोर हुन्छ । एउटा क्विक वेब सर्चले तपाईंकाे नजिकको टेलिफोन एक्सचेन्ज लोकेट छ भनेर देख्न सकिन्छ ।

यदि तपाई स्ट्याण्डर्ड ब्रोडब्याण्ड एडीएसएलको ग्राहक हुनुहुन्छ भने फाइबर ब्रोडब्याण्ड प्रोभाइडरले आँकलन गरेको लाइन स्पीड रिक्वेस्ट गर्नुहोस् । यसबाट तपाईंले आफ्नो ब्रोडब्याण्डको अहिलेको स्पीड देख्न सक्नुहुन्छ । फाइबर अप्टिक ब्रोडब्याण्डको प्रविधि भनेकै लामो दुरीमा पनि यसको स्पीड सधै धेरै हुन्छ ।

४. तपाईंको वाईफाई पासवर्ड सुरक्षित छ भने छिमेकीले चोरी गर्न सक्दैन । तर तपाईंहरुले नेटवर्क पूर्वाधार भने साझा रुपमा प्रयोग गरिरहनु भएको हुन्छ । जसले तपाईंको सडक र वरिपरीको क्षेत्रमा पनि कभरेज दिन्छ । यसको प्रविधि शुत्र तपाईंले आफ्नो परिवारसँग इन्टरनेट शेयर गरेको जस्तै नै हो । तर छिमेकीसँग शेयर गरिरहेको इन्टरनेट पूर्वाधार ठूलो स्केलमा धेरै क्षमताको हुन्छ ।

जब तपाईंको क्षेत्र वा सडकमा धेरै मानिसहरु अनलाइनमा हुन्छन् तब नेटवर्कको डिमाण्ड पनि ह्वात्तै बढ्छ । यस्तो बेला स्पीडमा गडबडी हुनसक्छ ।

केही ब्रोडब्याण्ड प्रदायकले भने नेटवर्क युसेजमै सिधै नियन्त्रण कायम गर्छन् । यसरी नियन्त्रण गर्दा इन्टरनेट गतिविधि सीमित हुन्छ । जसले अन्य प्रयोगकर्तामा पनि इन्टरनेट एक्सेस समानरुपमा पुग्न सक्छ । यसलाई ट्राफिक म्यानेजमेन्ट भनिन्छ । यसले सबै प्रयोगकर्तामा समान रुपमा इन्टरनेट खपत गर्न सहयोग गर्दछ ।

. कहिलेकाहिँ तपाईंको सुस्त ब्रोडब्याण्डको मुख्य कारण नै तपाईंको सेवा प्रदायक हुन सक्छ । तपाईंको प्रोभाइडरको ट्राफिक म्यानेजमेन्ट नीतिले पनि तपाईंको युसेजलाई नियन्त्रण गरिरहेको हुन्छ ।

यदि यस्तो हो भने यो समस्यालाई हल गर्ने उपाय तपाईसँग हुँदैन । यस्तो बेला आफ्नो प्रदायककहाँ जानुहोस् र सम्भावित समाधानको लागि अनुरोध गर्नुहोस् । यसो गर्दा पनि पुरानो सेवाप्रदायकसँग सन्तुष्ट हुनसक्नु भएन भने अर्को सेवाप्रदायककहाँ जान तपाईं स्वतन्त्र हुनुहुन्छ ।