पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण विश्वभर १३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।
वल्र्डओमिटरका अनुसार यस अवधिमा विश्वभर १३ हजार ६ सय ४७ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमध्ये ३ हजार ९ सय २० जना भारतीय छन्।
त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर ८ लाख ४० हजार ३ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमा आधाभन्दा धेरै भारतका छन्। यस अवधिमा भारतमा चार लाख १४ हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी ब्राजिलमा २ हजार ५ सय ३१ जनाले ज्यान गुमाएका छन् भने मेरिकामा ८ सय ४७ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै टर्कीमा ३ सय ४, रुसमा ३ सय ५१, पोल्याण्डमा ५ सय १०, अर्जेन्टिनामा ३ सय ९८, कोलम्बियामा ३ सय ९९, इरानमा ३ सय ३८, यूक्रेनमा ३ सय ७४ जनाले ज्यान गुमाएका छन्।
कोरोना संक्रमणको कारण अहिलेसम्म विश्वभर ३२ लाख ६८ हजार ९ सय ४८ जनाले ज्यान गुमाएका छन् भने १५ करोड ६६ लाख ६९ हजार ६ सय २२ जनामा संक्रमण पुष्टि भएको छ।