सुदूरपश्चिमका गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार मात्रै १३ सयबढी नेपाली स्वदेश फर्किए

सुदूरपश्चिमका गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार मात्रै १३ सयबढी नेपाली स्वदेश फर्किए

धनगढी । कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार १३७८ जना नेपाल भित्रिएका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट ३४७ जना र गौरीफन्टाबाट  १०३९ जना गरी १३७८ जना स्वदेश फर्किएका हुन । 

कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ ।  

यस्तै शुक्रबार नै दुवै नाकाबाट ३ सय ३१ जना नेपालबाहिर गएका छन् ।  यस्तै दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये  १४ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रशासनका अनुसार गड्डाचौकी नाकाबाट  ३४७ जना भित्रिएका मध्ये  ५३ जनाको परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने गौरीफन्टाबाट  १०३९  जना  स्वदेश फर्किएकोमा १२४ जनामा गरिएको एन्टीजेन परीक्षणा १३ जनामा संक्रमण देखिएको छ ।