जनाता बाँच्न लड्दै छन् नेता रमाउन लड्दै छन्

जनाता बाँच्न लड्दै छन् नेता रमाउन लड्दै छन्

जनाता बाँच्न लड्दै छन् नेता रमाउन लड्दै छन्।
बेसरम, यी फटाहाहरू फेरि के पाउन लड्दै छन्।

लडाइ निरन्तर चलिरहेको छ बस फरक यत्ति हो, 
कोहि यो ज्यान, कोही सत्ता जोगाउन लड्दै छन्।

दरबार भनेको दरबार नै हुँदो रहेछ बल्ल बुझियो,
कोहीले नछोड्न कोहीले यहाँ आउन लड्दै छन्।

हजारौं सपनाहरू को चिहान बनेको एक मुटु छ,
नयनहरू किन त्यहीँ सपना सजाउन लड्दै छन्।

दलाल दलाललाई नै फकाउन जान्छन् अड्डामा,
गजब कोही टिकाउन कोही ढलाउन लड्दै छन्।

शासकहरू सात पुस्ताको लागि सम्पती थुपार्दा,
मूर्ख जनताले सोच्दैछन् देश बनाउन लड्दै छन्।

 

२०७८/०१/२३ महेन्द्रनगर