गायिका हेमन्ता शर्माको ठाउँको ठाउँ मर्छु बोलको म्युजिक भिडियो बजारमा

गायिका हेमन्ता शर्माको ठाउँको ठाउँ मर्छु बोलको म्युजिक भिडियो बजारमा

धनगढी : लोकदोहोरीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कञ्चनपुर पुनर्वासकि गायिका हेमन्ता शर्मा भट्टराईकोे अर्को नया म्युजिक भिडियो बजार सार्वजनिक भएको छ ।

सौगात ओझाको उत्कृष्ट शब्द र हेमन्ता शर्मा भट्टराईको संगीतमा रहेको ठाउँको ठाउँ मर्छु बोलको गीतको म्युजिक भिडियो डोटेली सौगात ओझा युट्युब च्यानल बाट बजारमा आएको हो ।

उक्त गितमा निशान एसको निर्देशन रहेको छ भने  गीतको भिडियोमा सौगात ओझा दिनेश कठायत, पुजन घिमिरे, मनोज अधिकारी, सस्पेन एसपी लगायतको अभिनय देख्न सकिन्छ ।

शुशील डाँगीले खिचेको सो भिडियो लाई प्रकाश एसकेले सम्पादन गरेका हुन् । गायिका शमाले गित सगींत क्षेत्रमानै लागेर अगाढी बढ्ने बताईन । उनले यस गितलाई पनि सुनेर हेरेर माया गरि दिनहुन आग्रह गरिन ।