अछाममा लम्बियो लकडाउन, १० दिन समय थप !

अछाममा लम्बियो लकडाउन, १० दिन समय थप  !

अछाम | अछाममा १२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। आइतबार (आज) राति १२ बजेसम्मका लागि गरिएको निषेधाज्ञाको १० दिन समय थप गर्दै १२ गते राति १२ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको हो।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले सो निर्णय गरेको बताइएको छ। जिल्ला प्रशासन कार्यालय अछामले एक सूचना गर्दै निषेधाज्ञाको समय थप गरिएको जनाएको हो।