सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइदै

सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइदै

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले सोमबार विश्व दूरसंचार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) को अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । 

हरेक वर्ष मे १७ अन्तर्राष्ट्रिय विश्व दूरसंचार र सूचना समाज दिवस मनाउने गरिन्छ । यस वर्ष पनि ‘चुनौतीपूर्ण समयमा डिजिटल रूपान्तरणको गति’ ‘थिम’मा उक्त दिवस मनाइदै छ । 

प्राधिकरणले ‘चुनौतिपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणको गति’ विषयमा विशेष कार्यक्रम गर्न लागेको हो ।  

सोमबार विहान ११ः३० देखि भर्चुअल माध्यमबाट आयोजना हुने कार्यक्रममा सञ्चार तथा सुूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बोधन गर्ने छ । 

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल अध्यक्ष रहने कार्यक्रममा सूचना तथा सञ्चार (आइसिटी) विज्ञ मनोहर भट्टराईको ‘चुनौतीपूर्ण समयमा नेपालको डिजिटल रूपान्तरणका मुख्य ट्रेण्डहरु’ विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । 

यसैगरी सोहि विषयमा प्यानल डिस्कसन समेत सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । 

डब्ल्यूटीआईएसडी २०२१ आईटीयू सदस्यहरुका लागि आइसिटी विकासको राष्ट्रिय रणनीति, लगानी, सहयोग र साझेदारीलाई प्रोत्साहित गर्ने र स्मार्ट नीतिहरूको प्रवद्र्धन गरेर डिजिटल रूपान्तरणको लागि निरन्तर जोड दिने अवसर हो । 

नेपालबाट ज्ञान र नीतिगत संवादलाई सहज पार्न एनटिएले भर्चुअल कार्यक्रमको  आयोजना गरेर डब्ल्यूटीआईएसडी २०२१ मनाउन लागेको हो । 

यो युगमा नेपालको डिजिटल रूपान्तरणको नेतृत्व गर्ने च्याम्पियन्स र अधिकारीहरूलाईसँगै राखेर कार्यक्रम गर्ने आयोजकको योजना रहेको छ । 

१९९८ मार्च ४ तारिखमा नेपाल दुरसञ्चार प्राधिकरण स्थापना भएपछि दूरसञ्चार क्षेत्रको नियमक निकायको रुपमा प्राधिकरणले काम गर्दै आइरहेको छ । 

विश्व दूरसंचार तथा सूचना समाज दिवस २०२१ विशेष कार्यक्रममा सहभागि हुन यो लिंक https://bit.ly/3eNZiU3 मा आफ्नो विवरण बुझाउनुपर्नेछ । 

कार्यक्रम व्यवस्थापन समुहले कार्यक्रमको लिंक तथा आइडी उपलब्ध गराउनेछ ।