नेपाल टेलिकमले शुरु गर्यो फोरजी भ्वाइस सेवा, यसरी प्रयोग गर्नुहोस् ?

नेपाल टेलिकमले शुरु गर्यो फोरजी भ्वाइस सेवा, यसरी प्रयोग गर्नुहोस् ?

नेपाल टेलिकमले आज देखि प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा फोरजी भ्वाइस सेवा शुरु गरेको छ ।टेलिकमले आफ्नो सेवालाई समयनुकुल बनाउन आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा लेट प्रविधि भोल्ट सेवा सञ्चालनमा ल्याएको विज्ञप्ती मार्फत जनाएको हो । 

यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता बड्ने टेलिकमले जनाएको छ । 

यो सेवा प्राप्त गर्न आफ्नो मोबाइलबाट स्टार ४४४ ह्याज डायल गरी प्राप्त निर्देशनहरुको अनुशरण गरी सिममा एकि्टभेट गर्न सकिने जनाएको छ । यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भोल्ट कल फर एनटिसी सिम समेत इनेबल गर्नु पर्ने टेलिकमले जनाएको छ । 

मोबाइल सेटको माथिल्लो लहरमा भोल्टको संकेत देखा परे पछि स्टार १११ ह्याज डायल गरे पछि यो सेवा लिन सकिन्छ । २८ दिनसम्म प्रयोग गर्न सकिने यो सेवा एक सय मिनेट भोल्ट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ । 

आफ्नो मोबाइल सेटले volte सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि वा यो सेवा सम्बन्धी अन्य जानकारी प्राप्त गर्न यो लिंक क्लीक प्रयोग गर्न सकिन्छ ।