विद्युत र टेलिफोन सेवा अबरुद्ध हुँदा बैङ्किङ कारोबार बन्द

विद्युत र टेलिफोन सेवा अबरुद्ध हुँदा बैङ्किङ कारोबार बन्द

बझाङ : सुदुरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङमा एक साता देखी विद्युत र टेलिफोन सेवा अबरुद्ध भएको छ । सोमबार देखी परेको लगातार हिमपातका कारण जिल्लाको टेलिफोन र विद्युत सेवा अबरुद्ध भएको हो ।

सोमबार देखीको लगातार हिमपातका कारण राष्ट्रिय प्रासारण लाईन अबरुद्ध बनेपछि जिल्लामा संचालित एफ.एम स्टुडियोहरु बन्द हुनका साथै जिल्लामा संचालति सरकारी तथा गैर सरकारी संघ संस्थाका कामहरुमा समेत बाधा पुगेको छ ।

डडेल्धुरा र खोड्पे बजारको विचमा विद्युतका तारहरु च्यात्तीएका कारण विद्युत सेवा अबरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बझाङका प्राविधिक रामराज बोहराले बताए ।

उनका अनुसार ‘लगातार बाक्लो हिमपात भएका कारण विद्युत संचालन ल्याउन समस्या भएको छ । प्राविधकको टोलि विद्युत मर्मतका लागि खटि गएको भए पनि कहाँ खराबी भएको छ भन्ने कुरा अझै पत्ता लाग्न सकेको छैन ।’ बोहराले बताए ।

गत सोमबार देखी हिमपात र असिना पानीका कारण जिल्लामा टेलिफोन सेवा समेत अबद्ध बनेको छ । जिल्लाको केदारमा रहको नेपाल टेलिकमको टावरमा जडान गरिएको रेडीयो लिङ्कमा खराबी आएका कारण जिल्लाको टेलिफोन सेवा अबरुद्ध भएको दुर संचार कार्यलय बझाङले जनाएको छ । रेडियो लिङ्कमा खराबिका कारण स्काई, नमस्ते र लेडलाईनमा समेत नेटवर्क नभएपछि सेवाग्राहिहरु मर्कामा परेका हुन् ।

नेटवर्कमा खराबी आएका कारण जिल्लामा ईन्टरनेट सेवा समेत अबरुद्ध बनेको छ । विद्युत र ईन्टरनेट सेवा संचालन नभएका कारण जिल्लामा बैङ्किङ कारोबार समेत बन्द भएको छ । एक साता देखी चेक साट्नका लागि सिटीजन बैङ्क र राष्ट्रिय बाणिज्य बैङ्कमा पुगेका कोटदेबलका दिवस विसीले आफ्नो खाता बाट पैसा निकाल्न नसकेको बताए ।