लालझाडीका महिलाका लागी चार दिने नेतृत्व तथा सँस्थागत विकास तालिम शुरू

लालझाडीका महिलाका लागी चार दिने नेतृत्व तथा सँस्थागत विकास तालिम शुरू

जुद्ध चौधरी, पुनर्वास :  कञ्चनपुरको लालझाडी गाउँपालिकाका महिलाका लागी चार दिने नेतृत्व तथा सँस्थागत विकास तालिमको आज उद्घाटन भएको छ।

महिला तथा बालबालिका ईकाई लालझाडीको आयोजनमा लालझाडी गाउँ पालिका भित्रका छ ओटै वडाका २२ जना महिलालाई तालिम दिन लागिएको महिला तथा बालबालिका ईकाई लालझाडीका निरिक्षक बालकुमारी चौधरीले जानकारी दिनुभयो ।

उहाँले महिलाहरूमा  नेतृत्वको विकास गर्ने र सामाजिक कार्यमा महिला सहभागिता बढाउन तालिमको आयोजना गरिएको बताउनुभयो ।

तालिमको उद्घाटन गर्दै लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायकले सहभागिलाई तालिम मात्र दिएर उपलब्धी नहुने र तालिम लिई सकेपछि ब्यवहारमा उतार्न सके मात्र तलिमको औचित्य हुने बताउनुभयो । उहाँले कसैले दिएको माछा खानु भन्दा आफै माछा मार्न सिक्नु ठुलो कुरो भएको बताउनुभयो।

तालिममा महिला तथा बालबालिका ईकाई लालझाडीका निरिक्षक बाल कुमारी चौधरीले सहजी करण गरिरहेका छन भने  लालझाडी गाउँपालिका २ नम्बर वडा कार्यालयका सचिव राम सिँह धामी, ४ वडाका सचिव झुसराम सार्की, लालझाडी गाउँपालिकाका प्रशासकिय अधिकृत शेर बहादुर बढा तथा योजना अधिकृत विष्णु प्रसाद पोखरेलले प्रशिक्षण दिईरहेका छन।