उठौँ  जुरुक्क  लौ  उठौँ न  देशका बयुवाहरू

उठौँ  जुरुक्क  लौ  उठौँ न  देशका बयुवाहरू

उठौँ  जुरुक्क  लौ  उठौँ न  देशका बयुवाहरू।
उठौँ   हिमाल   मालका   मधेसका   युवाहरू।

छ युद्ध लड्नु छ आजकोजित्नु युद्ध साझमा
उठौँ   न   हे   प्रजाहरू  नरेशका     युवाहरू।

छ  हेर्नु  के  छ ?के भनी छ कुर्नु पो यहाँ सधैं
मिलेर लौ  उठौँ न  छन् त  शेसका  युवाहरू।

भनेर जान सक्छ को म लड्छु लड्छु युद्धमा
 म दिन्न  देश ती  कपास  केशका    युवाहरू।

सकिन्छ  देश  यो  यसै  मिलेर लाग लाग लौ
अनेक   भाव भङ्गिका  र  भेषका    युवाहरू।
                     २०७८/०२/०५ महेन्द्रनगर