डिभिजन वनद्वारा घाइते बँदेलको उद्धार

डिभिजन वनद्वारा घाइते बँदेलको उद्धार

डोटी जिल्ला सदरमुकाम सिलगढी नजिकै घाइते अवस्थामा जंगली बँदेल फेला परेको छ। दिपायल सिलगढी नगरपालिका ५ अन्तरगत दिपायल-सिलगढी सडकको नालीमा भेटिएको बँदेल डिभिजन वन कार्यालय डोटीले नियन्त्रणमा लिएको छ ।

स्थानीयले सडकको नालीमा घाइते अवस्थामा रहेको जानकारी दिएपछि डिभिजन बन कार्यालयको टोलीले उद्दार गरि ल्याएको सहायक बन अधिकृत सुरेन्द्र रोकायाले जानकारी दिए ।

वन डिभिजन कार्यालयको बा १ झ ९८२६ न. को गाडीमा कार्यालयमा लगिएको छ । माथीबाट दोड्दै आएको बँदेल भिरमा चिप्लेर खसेको प्रत्यक्षदर्शीहरुले जानकारी दिए ।