हर बखत किन भित्र बाहिर आइजाइ गर्दै छौ

हर बखत किन भित्र बाहिर आइजाइ गर्दै छौ

हर बखत किन भित्र बाहिर आइजाइ गर्दै छौ।
देशको बर्बादी गरेर खै कसको भलाइ गर्दै छौ।

मैले बुझ्न सकिन तिम्रा बोली बचनको तात्पर्य,
कसको तरिफ गर्दै छौ कसको खिचाइ गर्दै छौ।

बिहान असंवैधानिक अनि बेलुकी संबैधानिक,
थुक्क! राजनीतिमा किन मोल मोलाइ गर्दै छौ।

बडो जोस देखिएको छ खुसी लाग्छ युवाहरू, 
हन्तकाली आत्माहरू बोकेर हाइ हाइ गर्दै छौ।

तिम्रा नाटक नौटङ्की हेर्न बाध्य भयो नेपाली
कसले कसका लागि सहि छाप भर्पाइ गर्दै छौ।

खाएर अघाएर खुसी हुने तिम्रा भगवान छन्,
भक्तजनहरूले आराधना खाइ नखाइ गर्दैछौ।
                      २०७८/०२/०७ महेन्द्रनगर