इमान इज्जत प्रतिष्ठा मति सब सकियो

इमान इज्जत प्रतिष्ठा मति सब सकियो

इमान इज्जत प्रतिष्ठा मति सब सकियो।
बस बाँकी थियो अलिकति सब सकियो।

यी हन्तकाली बुढाहरू सकिनु पर्छ अब,
यिनैले गर्दा देशको सम्पती सब सकियो।

धोती फुस्कियो जुँघामा ताउ लाग्दैछ हेर, 
अझै रमाउदै छन आत्मरती सब सकियो।

ठुला कुरा नगर सबको औकात देखियो
अब के खान्छौ भएको जति सब सकियो।

मर्यादा माथी चढेर मर्यादाकै कुरा थुक्क
बुझ्यौ अति भए हुन्छ खती सब सकियो।

उम्लिन हतार गर्ने पोखिनु पर्छ एकदिन, 
कसैले पनि गर्नु हुदैन अति सब सकियो।