घोडाघोडीका युवाले फेसबुक मार्फत माननीयलाई लेखे मर्मस्पर्शी पत्र !

घोडाघोडीका युवाले फेसबुक मार्फत माननीयलाई लेखे मर्मस्पर्शी पत्र !

श्री सम्पुर्ण माननीय ज्यू हरु मा नमस्कार !

आज एउटा अनाथ नेपाली नागरिकको हैसियतले तपाईहरू सम्पूर्ण लाई सम्झिदै जानी नजानी एउटा पत्र लेख्ने प्रयत्न गरेको छु। समय भएछ भने हेर्ने र पढ्ने कोषिस गरिदिनु हुनेछ भन्ने झिनो आसा बोकेको छु। हुनत तपाईहरूलाई हस्ताक्षर संकलन गरी मन्त्रीमण्डल बनाउने विघटन गर्ने र लामो लस्कर बनाई संसद पुर्नस्थापनाका निम्ति सर्वोच्चमा रिट हाल्ने चपेटामा व्यस्त हुनुहुन्छ होला तै पनि यो मनलाई शान्त पार्नका निमित्त पत्र लेख्ने निधो गरे।

मलाई झलझली याद आइरहेको छ यति बेला तपाईलाई जिताउनका निम्ति तपाई र हामी चुनावको बेला घाम पानी नभनी सम्पूर्ण जनमास मेरो हो भनेर धनी गरिब बृद्ध महिला युवा असहाय परिवारको घर-घर घुमेको र तपाईका झुठाँ आस्वासनको भारी बोकेर ओकाली चढेको अनि ओराली भरेका दिनहरूको । सायद हजुरका त्यी झुठाँ आस्वासनको भारी बोकेको पाप आज म लगायत हामी सम्पूर्ण नेपाली जनताले भोगिरहेका छौ ! सचेत नागरिक हु भन्ने दावा गर्ने म तपाई लाई जिताएर सभासद् बनाएर आज सचेत नागरिक नभएको प्रमाणित भएको अनुभव पनि गरेको छु ! आज तपाईलाई पैसाको खाचो छ , कुर्सिको खाचो छ ।

म लगायत हामी सम्पूर्ण नेपाली नागरिक अनाथ बनेका छौ तपाई हाम्रो रगतको पसिनाको पोखरीमा पौडी खेल्दै रमाइरहनु भएको छ, विद्यालयमा शिक्षक कुटाउन अस्पतालमा डाक्टर कुटाउन बलत्कारी बचाउन कार्यकर्ता तयार पार्दै हुनुहुन्छ। लेख्दै गर्दा र सम्झिदा हात कापिरहेका छन आशु झरिरहेका छन मन जलिरहेको छ सडकमा सदनमा जताततै तपाईहरुकै चर्चा चलिरहेको छ । तपाईहरू कोही पनि कम हुनुहुन्न किनभने हाम्रो प्रत्येक शरीरका नसा नसा भएर बगेको रगतको पसिना पिउदै पौडी खेल्नमा सबै उत्तिकै सिपालु हुनु हुन्छ, सबै सिंह नै सिंह हुनुहुन्छ र त तपाईहरु गर्जिरहनु भएको छ भने हामी दर्शक बनेर हेरिरहेका छौ ।

विश्व कोभिड - १९ को महामारीको चपेटामा परिरहदा तपाईहरू पैसा र कुर्सिको मोह मै विलिन हुनुहुन्छ भने म लगायत म जस्तै सम्पूर्ण अनाथ भएका नेपाली जनता एक छाक गाँस नपाई घरमा अस्पतालमा आफन्तले एक सास अक्सिजन सम्म नपाएर ज्यान त्यागेको टुलुटुलु हेर्न बाध्य बनेका छौ । तपाई बिरामी हुनुभयो भनेत हेलिकप्टर तयार छन, अस्पतालमा बेडहरू खाली राखिएका छन तपाई ढुक्क हुनुहुन्छ रत तपाईलाई सडकमा सदनमा भिड गर्न निषेधआज्ञाको अवेज्ञा गर्न कुनै मनाही छैन । लकडाउन , निषेधआज्ञा वा सिल छ त म र म जस्तै दैनिक ज्यालादारी गरी आफनो साझको छाक टार्ने गरिब असाय अनाथ मानिएका नेपाली नागरिलाई मात्र छ ।

उफ् , मलाई लाग्ने गर्थ्यो यदि यस पृथ्वीमा मानव भएर पाइला टेक्यो भने उसमा दया माया ममता र सद्भाव भएन भने त्यो पूर्ण मानव हुन सक्दैन त्यो मात्र मैले आफुलाई र केही मजस्तै व्यक्तिलाई नियालेर गरेको अनुभूति रहेछ आखिर तपाईहरू जस्ता निदर्यी पनि त मानव जातीमै पर्दा रहेछन । संसारका सम्पूर्ण मानवजाती यस्तो महामारीको बेलामा सबै एकजुट भएर महामारी विरुद्ध लडिरहदा एउटा मात्र मेरो देश नेपाल हो जहाँ हामीले नै छानेर देश विकास र यस्तै अवस्थाका निम्ति अभिभावकको भूमिका निर्वाह गर्नुहोला भन्ने उदेश्यले छानेर अमूल्य समय र भोट दिइ पठाएका तपाईहरू हाम्रो मृत्युको रमिता हेरेर रमाउदै आफना स्वार्थका निम्ति साँढे जुधाईको खेल खेलिरहनु भएको छ ।

विश्वमा सबै भन्दा सुन्दर देशमा जन्मन पाएको मा गर्भले छाती फुलाउने व्यक्ति आज म तपाईको चर्तिकला कै कारण आफुलाई धिक्कार गरिरहेको छु र यदि ईश्वर छौ भने मलाई अर्को जन्ममा भुलेर पनि मेरो देश नेपाल जस्तै शासन व्यवस्था भएको देशमा जन्म कहिल्यै लिन नपरोस भनेर प्राथना गरिरहेको छु । यि मेरा अवोध आँखाले मेरा सम्पूर्ण आफन्त हरु बुबाआमा , दाजुभाई , दिदीबहिनी नजिकको मित्र ले सास फेर्न नपाएर छट्पटिएर प्राण त्यागेको टुलुटुलु हेर्न र आसु झार्न बाहेक केही सकेका छैनन ।

अन्त्यमा हाम्रो मृत्युमा तपाई रमाइरहनुहोस साढे जुधाइको खेलमा जित हासिल गर्नुहोस बिरोध गर्नुहोस समर्थन गर्नुहोस मानवता हराएका तपाईका पुच्छरहरू लाई बिरोध र समर्थनका नारा लगाउन लगाउनुहोस भएन भने फेसवुक ट्युटरकै वालमा भएपनि भर्न लगाउनु होस धेरै धेरै शुभकामना व्यक्त गर्दछु । अब मलाई पनि थाहाँ छैन म कुन बेला सम्म सास फेर्न बाट रोकिने छु किनकी बिरामी परे भने अस्पताल जान सक्ने न म संग पैसा छ नत मेरो उपचारका गरिदिने मेरो सरकार छ ।

हामी सबै मरेर परलोक भएपनि तपाईहरू सबैलाई मेरो शुभकामना छ तपाईहरू कसैको हार नहोस जित भइरहोस हाम्रो मृत्युमा तपाई रमाई रहनपाइरहनुहोस तर एक न एक दिन भने यदि कुनै शक्ति छ र विज्ञान को न्युटनको चालसम्बन्धी तेस्रो नियम अनुसार हरेक क्रियामा बराबर तर विपरित प्रतिक्रिया हुन्छ भने झै यि हाम्रा आशुका भेलको श्राप भने एक दिन अवस्य लाग्नेछ।

हरिश अवस्थी घोडाघोडी ०१ सुखड कैलाली